चितवन । चितवनमा आज एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ जनाको पिसियार तथा १३ जनाको एन्टिजेन परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर माहानगरपालिकाका ११, खैरहनी नगरपालिकाका चार र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् । आज १८ जना नयाँ संक्रमित थपिए सँगै चितवनमा सक्रिय संक्रमितको संख्या १०० पुगेको छ । जसमध्य हाम आइसोलेसनमा ९३ र विभिन्न अस्पतालको आइसोलेसनमा ७ जना रहेका छन् । त्यस्तै आज १६ जना संक्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै