नाइजेरिया सैनिक कारबाही : २९ जना मारिए

एजेन्सी

शुक्रबार, २७ साउन २०७९, १५ : १२
नाइजेरिया सैनिक कारबाही : २९ जना मारिए

एजेन्सी । नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।  अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।

आतङ्ककारीको  अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् । 

प्रतिक्रिया दिनुहोस