एजेन्सी । आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ। स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो।
युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए। यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे। अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए। यस अघि टस जितेर ब्याटिङ गरेको युएईले ४९।१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो। अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए। यस्तै, आरोन जोन्सले ५१ रन बनाए।
हारपछी युएई २४ खेलबाट २६ अंक बनाउदै तेस्रो स्थानमा छ। २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाविरुद्ध कुशल भुर्तेलको शतक
दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य