एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा बढी देखिँदै आएको छ । पछिल्लो २४ घण्टामा पनि थप एक लाख ३७ हजार २४१ जना नयाँ सङ्क्रमित भएका छन् ।
स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९८ लाख तीन हजार एक सय ६९ पुगेको छ । अहिले देखिएको दैनिक सङ्क्रमितको सङ्ख्या पनि अघिल्लो दिनको भन्दा केही कम हो । अघिल्लो दिन एक लाख ५१ हजार सात सय ९२ जना सङ्क्रमित भएका थिए ।
त्यसैगरी अघिल्लो हप्ता औसतमा एक लाख १७ हजार पाँच सय ९१ जना नयाँ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार ४४१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ साउन २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी