धनगढी । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै से २ प ५२८२ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका(१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले बताएको छ।दुर्घटनापश्चात गम्भीर घाइते भएका मडैलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
चालक जोरायल १ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका र उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद