बिहारका मुख्यमन्त्री नितीश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १६ : ५५
बिहारका मुख्यमन्त्री नितीश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं  । बिहारका मुख्यमन्त्री नितीश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

उनले भारतीय जनता पार्टीसँगको गठबन्धन तोड्दै बिहारको मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। यसअघि उनले जनता दल युनाइटेडका सबै सांसदहरुसँग भाजपासँग सम्बन्ध तोडेकोबारे बैठक गरेका थिए।नितीशकुमारलाई समर्थन गरेका सबै संसद सदस्य र विधान सभा सदस्यहरुले आफ्नो समर्थन कायम रहेको बताएका छन्।

नितीशकुमारले चाँडै अर्को गठबन्धनबाट आफूले नै मुख्यमन्त्रीको दाबी गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस