काठमाडौं । नेपाली काँग्रेस (बीपी) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठले सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फवाट उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता शिव सिमखडाले जानकारी दिए ।
उनका अनुसार आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जग्गननाथ घिमिरेलाई तोकिएको छ । यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले हालको तरुण दल बीपीको नाम परिर्वतन गरी नेशलन युथ काँग्रेसको नामाकरण गरेको प्रवक्ता सिमखडाले जानकारी दिए ।
यस्तै पार्टीको उदयपुर जिल्ला संयोजकमाप्रशान्त कुमार राईलाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग