काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताएका छन। आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन।
उनले सरकारले नेपालको प्रकृति, संस्कृति र एडभेन्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गरी विश्वका पर्यटकलाई आकर्षित गर्ने बताए। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रमा रिब्राण्डिङ गर्ने बताए।
मन्त्री श्रेष्ठले नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिने बताए। काठमाडौं विश्व विद्यालयका उपकुलपति डा। भोला थापाले नेपालले पूर्वीय आतिथ्यलाई विश्वमा पु¥याउन सक्नुपर्ने आवश्यकता रहेको बताए।
पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्न विश्वविद्यालय र प्रतिष्ठानबीच सम्झौता भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १५ : २०
लेखकबाट थप