पर्सा। वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन। आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षरोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउनुपर्ने बताए ।
उनले भने, “वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो गाउँठाउँ हरियाली बनाउन म आग्रह गर्दछु ।” यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्रशंसा गर्दै भने, “वनजङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जङ्गल जोगिनेछ ।”
उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह लगायतले वृक्षरोपण गर्नुभएको मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २२ साउन २०७९, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ छ : मन्त्री यादव
देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
खानेपानी तथा ढल व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री यादव
देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधाछौँ : मन्त्री यादव