सुर्खेत । सुर्खेत प्रहरीले आइतबार बिहान ८ बजे ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– २ बस्ने बर्ष २४ का वविन शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीका अनुसार उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि प्रहरी सादा पोसाकमा खटिएको थियो । अहिले उनीबारे जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ