नाफामा बैंक अफ काठमाण्डू

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, ११ : १६
नाफामा बैंक अफ काठमाण्डू

काठमाडौं  । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ। यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ। यसको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ। यसको १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ ०४ पैसा (वार्षिक) कायम भएको छ। यसको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७५ पैसा छ।

बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंक १ः१ अनुपातमा मर्ज हुँदैछन्। दुवै बैंक एक आपसमा मर्जमा गएकाले २ असारदेखि सेयर कारोबार रोक्का भएको छ।

प्रतिक्रिया दिनुहोस