धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको हो ।
शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन