काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन् ।
जापान भ्रमणमा रहेका उनले शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’
उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए । ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ उनले भने ।
पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने र एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए ।
अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भएको भन्दै प्रचण्डले चुनावपछि स्थिर र बलियो सरकार बन्ने बताए । ‘प्रदेश र संघको निर्वाचनपछि स्थिर र बलियो सरकार बन्नेछ । जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राख्नेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद