काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन् ।
जापान भ्रमणमा रहेका उनले शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’
उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए । ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ उनले भने ।
पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने र एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए ।
अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भएको भन्दै प्रचण्डले चुनावपछि स्थिर र बलियो सरकार बन्ने बताए । ‘प्रदेश र संघको निर्वाचनपछि स्थिर र बलियो सरकार बन्नेछ । जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राख्नेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड