काठमाडौं । शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १, बागमती प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको हो । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ ।
यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, ०७ : ३२
लेखकबाट थप