काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउँपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।
हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ