स्वास्थ्य बीमाको दायरा बढाउन स्वास्थ्य मन्त्री खापुङ लाई थापाको सुझाब

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १५ : ५२
स्वास्थ्य बीमाको दायरा बढाउन स्वास्थ्य मन्त्री खापुङ लाई थापाको सुझाब

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बीमाको दायरा बढाउन सुझाब दिएका छन् । थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङलाई भेटेर कम्तिमा पनि १० लाख बनाउन सुझाव दिएका हुन् ।
थापाले स्वास्थ्य बीमाको बनाउनुका बढाएर आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा सेवालाई निजी बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवस्यक प्रकृया अगाडी बढाउने व्यवस्था गरेका थिए ।
तर थापाले यसको चर्को विरोध गर्दै स्वास्थ्य बीमा जनताको स्वास्थ्य सेवा पाउने हकलाई सामाजिक सुरक्षाको दृष्टिकोणबाट हेर्न आग्रह गरेका थिए । थापा सहित अन्य सांसदहरुले यसको चर्को विरोध गरे पछि यस्तो व्यवस्थाबाट शर्मा पछाडी हटेका थिए ।

प्रतिक्रिया दिनुहोस