तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १३ : ०८
तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

तेह्रथुम । तेह्रथुममा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको अभियोगमो छथर गाउँपालिका-२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस