काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टीबीच एकता गर्ने निर्णय भएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
शुक्रबार विहान बसेको बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ । साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता९कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहन वैद्यले पदबाट दिए राजीनामा, महासचिवमा सीपी गजुरेल नियुक्त
मोहन वैद्यको पार्टीले भन्यो– प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रघाती सम्झौता गर्न सक्छन्
प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे : मोहन वैद्य
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप