आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १७ : ३२
आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे जानकारी दिएका हुन् । यस्तै आउँदो हप्तादेखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।

उनले भने–‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यबिधी, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संसोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ ।’

उनले मिडियालाई आयोगको तर्फबाट सूचना प्राप्तिका लागि सहयोग गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस