मेक्सिकोमा कोइला खानी भत्किँदा नौ जना फसे

एजेन्सी

विहीबार, १९ साउन २०७९, १५ : १५
मेक्सिकोमा कोइला खानी भत्किँदा नौ जना फसे

एजेन्सी । मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानीमा नौ जना फसेका छन्। खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिए।

सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिएका छन्।

‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ’, उनले भ‍नेका छन्। उद्धारकर्ताहरू घटनास्थलमा पुगेका छन् र अनुसन्धान भइरहेको छ। यस घटनाको विस्तृत विवरण भने प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस