मन्त्रिपरिषद् बैठक

मंसिर ४ गते एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १४ : १९
मंसिर ४ गते एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा

flle Pic

काठमाडाैँ । सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले देश सञ्चारलाई जानकारी दिए।

‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले भने, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’

हिजाे सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो।

यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारसँग परामर्श गरेको थियोे। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस