सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न माग

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १३ : २०
सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न माग

काठमाडाैँ । नेपाल बार एशोसियशनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न माग गरेको छ। हाल अंग्रेजी भाषामा नम्बर लेखिएकाले उक्त कार्य संविधानिवरुद्ध हुने भएकाले नेपाली भाषा (देवनागरी लिपी) मा लेख्न माग गरेको हो। 

नेपालको संविधानमै नेपालमा बोलिने सबै भाषाहरु राष्ट्र भाषा भएको र सरकारी कामकाजको भाषा देवनागरी लिपी(नेपाली भाषा) हुनेछ भन्ने व्यवस्था गरिएकाले उक्त व्यवस्थाको उल्लंघन गर्दै सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयाोग गरिएकोमा बारले आपत्ति जनाएको छ। 

‘नेपाली नागरिकले प्रयोग गर्दै आएको भाषा संरक्षण, सम्बर्द्धन गर्ने/गराउने कार्यका लागि सवारी साधन तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपी)मा हुनुपर्ने अनिवार्य व्यवस्था गर्न नेपाल सरकार लगायत सम्बन्धित निकायसँग जोडदार माग गर्दछ’, बारले भनेको छ।  

प्रतिक्रिया दिनुहोस