काठमाडाैँमा चिनियाँ नागरिक अपहरण, ६ नेपाली पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १३ : १४
काठमाडाैँमा चिनियाँ नागरिक अपहरण, ६ नेपाली पक्राउ

काठमाडौँ । काठमाडाैँमा एक चिनियाँ नागरिकलाई अपहरण गरि फिराैती माग्ने ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेकाे छ। बुधबार साझ लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरी एक कराेड फिराैती मागेकाे आराेपमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेकाे हाे।

उनीहरूले ती चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेकाे प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएकाे छ।

प्रहरी स्राेतका अनुसार ती चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ। अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको बुझिएको छ।

पछि ५० लाख रुपैयाँमा अपहरण मुक्त गर्ने सहमति भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अपहरणमा संलग्न भएका अन्य केही व्यक्ति फरार रहेका बताइएको छ। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस