सप्तरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजका ४६ ढोका खोलिएको छ । पूर्वी पहाडका उदयपुर, सप्तरी, सुनसरीलगायत तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएर बगेपछि बाढीको खतरालाई मध्यनजर गरी ५४ मध्ये ४६ ढोका खुला गरिएको हो ।
सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार हाल कोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब बढेको छ । सप्तकोशीका सहायक नदीहरुमा पानीको बहाब बढेर कोशीमा नियन्त्रण नआएपछि ब्यारेजका ४६ वटा ढोका खोलेर पानीलाई निकास दिइएको हो । उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ कोसीको पानी सोझिएको बताइएको ।
कोसीको पानी बस्तीतर्फ सोझिएपछि बाढीका कारण केही विस्थापित भइरहेका छन् । उदयपुरमा २ हजार ५ सयभन्दा बढी मानिस विस्थापित भएका छन् भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका— १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । कोसीमा पानीको बहाब कम नभएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी