काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण एक चीन नीतिविपरीत भएको टिप्पणी गरेका छन्।
उनले बुधबार विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमणको आपत्ति जनाएका हुन्। खनालले विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन्।
खनालले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी ताइवान र सिंग्गो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको बताएका छन्। एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसदकी उपसभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवान पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी