काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण एक चीन नीतिविपरीत भएको टिप्पणी गरेका छन्।
उनले बुधबार विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमणको आपत्ति जनाएका हुन्। खनालले विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन्।
खनालले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी ताइवान र सिंग्गो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको बताएका छन्। एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसदकी उपसभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवान पुगेकी थिइन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा