काठमाडौं । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ ।
मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त उपसूचक भने बढेको छ ।
बुधबार नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएको बजारमा बुधबार ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २५ करोड ३४ लाख ३० हजारको कारोबार हुँदा अपी पावर कम्पनीको १५ करोड १७ लाखको कारोबार भएको छ ।
बुधबार बजारमा कुल १८० कम्पनीको सेयर कारोबार भएकोमा ९६ कम्पनीको सेयरमूल्यवृद्धि ७७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकोमध्ये सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । यस्तै युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ८.९६ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार