काठमाडौं । नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो ।
व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेण्डर पारेको थियो । सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ति बुट खरिद गरेर जिल्ला जिल्लामा पठाइएको थियो । १३ करोड ५० लाख रुपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिव आधा रकम घोटाला भएको अनुमान गरिएको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ साउन २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान