जनकपुरधाम । लागुऔषधसहित धनुषाबाट दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–६ का २४ वर्षीय जिबस दास र जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले बिदेह नगरपालिका १ मौनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको दुबैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाईट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ