धनकुटा । प्रहरीले लागुऔषधसहित धनकुटाबाट एक जनालाई पक्राउ गरेको छ। सहिदभूमि गाउँपालिका-५ घरभई हाल धनकुटा-७ स्थित डेरा बस्ने २८ वर्षीय राकेश राई पक्राउ परेका हुन्।
शंका लागेर राईको कोठामा गई खान तलासी गर्दा १७ हजार फेला पारी सोधपुछ गरिएको प्रहरीको भनाइ छ। उनले अञ्जु विश्वकर्माको कोठाभित्र लागुऔषध लुकाई छिपाई राखेको जानकारी गराएका थिए।
तत्कालै अञ्जुको कोठामा खान तलासी गर्दा अबैध लागुऔषध दुईकिलो गाँजा, ३ बट्टा लागुऔषध कोरेक्स, ६० चक्की नाइट्रोजेपाम, १ हजार १५० चक्की स्पास्पेन र १ हजार २१० चक्की ट्रामोल फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ