रौतहटबाट एक जना नक्कली परीक्षार्थी पक्राउ

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १९ : १६
रौतहटबाट एक जना नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज। प्रहरीले रौतहटबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।

प्रहरीले चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई पक्राउ गरेको हो।

नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमनको क्रममा तिवारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस