भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १२ : ५०
भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने

चितवन । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आज (विहिबार) सूचना प्रकाशन गरी महानगरले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन भर्न अनुरोध गरेको हो ।

शैक्षिक सत्र २०७९ अन्तर्गत महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय र सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले आवेदन भर्न सक्ने छन् । इच्छुक विद्यार्थीहरूले साउन २६ गते साँझ ५ बजेसम्म आवदेन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । आवेदन फारामसँगै विद्यार्थीले एसईईको ग्रेड सिट समावेश गर्नुपर्ने छ । अपाङ्गता भएका विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात समेत राख्नुपर्ने छ ।

सहिदका परिवार, जनआन्दोलनका घाइतेका परिवार, वेपत्ता परिवारका सदस्य र मधेस आन्दोलनका घाइतेका परिवारको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात समेत माग गरिएको छ । गरिव तथा विपन्न कोटामा आवेदन दिन सम्बन्धित वडाबाट विपन्न परिवारको सदस्य भएको सिफारिस ल्याउन समेत महानगरपालिकाको शिक्षा शाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस