चितवन । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आज (विहिबार) सूचना प्रकाशन गरी महानगरले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन भर्न अनुरोध गरेको हो ।
शैक्षिक सत्र २०७९ अन्तर्गत महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय र सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले आवेदन भर्न सक्ने छन् । इच्छुक विद्यार्थीहरूले साउन २६ गते साँझ ५ बजेसम्म आवदेन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । आवेदन फारामसँगै विद्यार्थीले एसईईको ग्रेड सिट समावेश गर्नुपर्ने छ । अपाङ्गता भएका विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात समेत राख्नुपर्ने छ ।
सहिदका परिवार, जनआन्दोलनका घाइतेका परिवार, वेपत्ता परिवारका सदस्य र मधेस आन्दोलनका घाइतेका परिवारको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात समेत माग गरिएको छ । गरिव तथा विपन्न कोटामा आवेदन दिन सम्बन्धित वडाबाट विपन्न परिवारको सदस्य भएको सिफारिस ल्याउन समेत महानगरपालिकाको शिक्षा शाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान