सडक निर्माणको मापदण्डलाई कडाईका साथ लागू गर्नुपर्छ : पद्मा अर्याल

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, २१ : ०२
सडक निर्माणको मापदण्डलाई कडाईका साथ लागू गर्नुपर्छ : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले)की सचिव तथा सांसद पद्मा अर्यालले पछिल्लो समय मापदण्ड बिना सहायक राजमार्ग निर्माण गर्ने कार्यले सडकमा पहिरो तथा सडकलाई क्षतविक्षत बनाउने काम गरेको बताइन् । उनले सरकारले सडक निर्माणको मापदण्डलाई कडाईका साथ लागू गर्नुपर्ने बताइन् ।

बुधबार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै अर्यालले मुख्य राजमार्गलाई असर नपर्ने गरी सहायक राजमार्ग बनाउन नपाउने मापदण्ड राख्न सुझाव दिएकी छन् । उनले विकासे मन्त्रालयहरु बीचमा विकास निर्माणको काम गर्दा अन्तरसंवाद आवश्यक देखिएको बताइन् ।

अर्यालले अहिले एउटा मन्त्रालयले भत्काउने अर्काले बनाउने काम गर्दा सडकदेखि विकास निर्माणको काम समयमा नै सम्पन्न नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस