काठमाडौँ । कामय मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भवन निर्माणबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएका छन्।
निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सक्रियतामा भएको ठेक्कामा अनियमितता भएकाले छानबिन अघि बढाउन आग्रह गर्दै कार्कीको सक्रियतामा दोस्रो पत्र अख्तियारलाई पठाइएको हो।
राणाले आफू अनुकुल निर्णय गरी ५ अर्बभन्दा बढीको ठेक्का २०७७ चैत ७ गते कालिका समानान्तर जेभीलाई दिएका थिए। उक्त ठेक्कामा कुल विनियोजित रकमभन्दा ०.३९ प्रतिशतले मात्रै कम भएपछि फर्जी प्रतिस्पर्धाको आधारमा दिइएको भन्दै अख्तियारमा उजुरी परेको थियो।
उजुरीपछि छानबिन अघि बढाउँदै आयोगले ठेक्का प्रक्रियाबारे सर्वोच्चसँग जवाफ माग गरेको थियो। केही समयअघि आयोगलाई कार्कीसँग परामर्श नै नगरी रजिष्ट्रार नारायण पन्थीले प्रधानन्यायाधीशको निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने जवाफ दिएका छन्।
पन्थीको पत्रमा प्रधानन्यायाधीशको निर्णय अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने उल्लेख गरेका थिए।आफूसँग सल्लाह नै नगरी प्रशासनबाट आयोगमा पत्र पुगेपछि कार्कीले असार २९ गते आयोगलाई काउण्टर पत्र पठाएको स्रोतले जानकारी दियो।
कार्कीले आफ्नो सचिवालयकी उपसचिव पूजा खत्रीको हस्ताक्षरमा छानबिन अघि बढाउन काउण्टर पत्र पठाएका हुन्। स्रोतका अनुसार पत्रमा १५ दिनभित्र परिणाम देखिने गरी छानबिन अघि बढाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
मधेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
सर्वोच्च र काठमाडौँ जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी दर्ता
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ