काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपीबारेको छलफलका क्रममा उनले नेपाललाई सैन्य गठबन्धनभित्र तान्ने प्रयास गर्न र नेपालीलाई प्रयोग गर्छु भनेर मुक्त हुन आग्रह गरे ।
अध्यक्ष नेपालले एसपीपी सम्झौता पूर्ववर्ती एक दलीय गठबन्धन सरकारले गरेको र अहिलेको गठबन्धन सरकारले सो सम्झौताका लागि पत्र नपठाउने निर्णय गरेकोले धन्यवाद दिन आग्रह गरे । उनले भने,‘नेपालले आफ्नो परराष्ट्र नीतिमा पञ्चशीलका मान्यता अंगिकार गरेको छ । नेपालको छिमेकीविरूद्ध प्रहार गर्ने किसिमले कोही आउछ भने त्यसलाई स्वीकार गर्ने पक्षमा नेपाल छैन् ।’ उनले यो अडानमा नेपाल खुट्टा नकमाइ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल
हाम्रो पार्टीले उथलपुथल ल्याउनसक्छ: माधव नेपाल
चुनौतीको सामना गर्न आँट नगर्नेले जीवनमा गरेर खाँदैन : माधव नेपाल
झलनाथ खनाललाई राजीनामा दिएर जान माधव नेपालको सुझाव
मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल
सिंहदरवारमा ‘प्रचण्ड’ र माधव नेपालबीच भेटवार्ता हुँदै