काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनैपनि सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपीबारेको छलफलका क्रममा उनले नेपाललाई सैन्य गठबन्धनभित्र तान्ने प्रयास गर्न र नेपालीलाई प्रयोग गर्छु भनेर मुक्त हुन आग्रह गरे ।
अध्यक्ष नेपालले एसपीपी सम्झौता पूर्ववर्ती एक दलीय गठबन्धन सरकारले गरेको र अहिलेको गठबन्धन सरकारले सो सम्झौताका लागि पत्र नपठाउने निर्णय गरेकोले धन्यवाद दिन आग्रह गरे । उनले भने,‘नेपालले आफ्नो परराष्ट्र नीतिमा पञ्चशीलका मान्यता अंगिकार गरेको छ । नेपालको छिमेकीविरूद्ध प्रहार गर्ने किसिमले कोही आउछ भने त्यसलाई स्वीकार गर्ने पक्षमा नेपाल छैन् ।’ उनले यो अडानमा नेपाल खुट्टा नकमाइ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार