सेयर बजार २३ अंकले वृद्धि, ३ अर्ब १६ करोडको कारोबार

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १५ : ४१
सेयर बजार २३ अंकले वृद्धि, ३ अर्ब १६ करोडको कारोबार

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार सुधार आएको छ। मंगलबार ४४.८० अंकले घटेको नेप्से आज २३.८३ अंकले बढेको हो। यससँगै नेप्से परिसूचक २१११.९९ अंकमा पुगेको छ।

नेप्सेमा वृद्धि भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। मंगलबार  ३ अर्ब ७० करोड बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्सेका १३ वटा उपसमूहमध्ये व्यापारबाहेक सबै उपसमूह बढेका छन्। व्यापार उपसमूह १२ अंकले घट्दा बैंकिङ ०.९२, होटल तथा पर्यटन २३, विकास बैंक ५६, जलविद्युत ७२, फाइनान्स ७५, निर्जीवन बीमा ४३, उत्पादन १९, माइक्रो फाइनान्स १०७, जीवन बीमा ३४ र लगानी उपसमूहमा ०.६९ अंकको वृद्धि भएको छ।

 

प्रतिक्रिया दिनुहोस