एजेन्सी । जापान सरकारले सन् २००८ मा राजधानी टोक्योमा छुरा प्रहार गरेर र ट्रकले किचेर सातजनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिएको छ ।
ती तोमोहिरो कातोले गरेको हत्या जापानको पछिल्लो इतिहासमा भएका सबैभन्दा भयावह अपराधमध्ये एक भएको बताइएको छ । २५ वर्षको उमेरमा उनले बटुवाहरूको भिडमा जथाभाबी ढंगले ट्रक चलाएर तीनजनाको ज्यान लिएका थिए । त्यसलगत्तै धारिलो हतियार प्रयोग गरी उनले अन्य चारजनाको ज्यान लिनुका साथै थप आठजनालाई घाइते बनाएका थिए ।
उनलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको थियो । अदालतमा मुद्दाको सुनवाइको दौरान अपराध स्वीकार्दै उनले अनलाइनमार्फत आफूलाई दिइने गरेको मानसिक यातनाका कारण आफू आक्रोशित र विक्षिप्त भएको बताएका थिए ।
यस हत्याकाण्डले जापानी समाजमा बारम्बार घट्ने हत्याकाण्ड, अनलाइनको प्रभाव र सरकारले युवा जगतलाई मानसिक स्वास्थ्यमा सहयोग गर्न नसकेको विषयमा विवाद चर्काएको थियो । यस घटनापछि जापान सरकारले साथमा छुरा बोक्ने कानुन पनि कडा बनाएको थियो ।
कातोलाई टोक्यो हिरासत केन्द्रमा फाँसी दिइएको हो । सन् २०१५ मा उनले मृत्युदण्डबाट बच्न गरेको अपिल अदालतले अस्वीकार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ साउन २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन