एजेन्सी । जापान सरकारले सन् २००८ मा राजधानी टोक्योमा छुरा प्रहार गरेर र ट्रकले किचेर सातजनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिएको छ ।
ती तोमोहिरो कातोले गरेको हत्या जापानको पछिल्लो इतिहासमा भएका सबैभन्दा भयावह अपराधमध्ये एक भएको बताइएको छ । २५ वर्षको उमेरमा उनले बटुवाहरूको भिडमा जथाभाबी ढंगले ट्रक चलाएर तीनजनाको ज्यान लिएका थिए । त्यसलगत्तै धारिलो हतियार प्रयोग गरी उनले अन्य चारजनाको ज्यान लिनुका साथै थप आठजनालाई घाइते बनाएका थिए ।
उनलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको थियो । अदालतमा मुद्दाको सुनवाइको दौरान अपराध स्वीकार्दै उनले अनलाइनमार्फत आफूलाई दिइने गरेको मानसिक यातनाका कारण आफू आक्रोशित र विक्षिप्त भएको बताएका थिए ।
यस हत्याकाण्डले जापानी समाजमा बारम्बार घट्ने हत्याकाण्ड, अनलाइनको प्रभाव र सरकारले युवा जगतलाई मानसिक स्वास्थ्यमा सहयोग गर्न नसकेको विषयमा विवाद चर्काएको थियो । यस घटनापछि जापान सरकारले साथमा छुरा बोक्ने कानुन पनि कडा बनाएको थियो ।
कातोलाई टोक्यो हिरासत केन्द्रमा फाँसी दिइएको हो । सन् २०१५ मा उनले मृत्युदण्डबाट बच्न गरेको अपिल अदालतले अस्वीकार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ साउन २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने