काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट नेपालमा एक वर्षको अवधिमा साढे ३५ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ अर्थात २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपालले आयात गरेको हो ।
सो अवधिमा युएई र टर्कीबाट नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँको सुन आएको विभागले जनाएको छ । उक्त मुल्यमा नेपालमा ५ हजार ५३ केजी सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?