काठमाडौं। नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको हो ।
उक्त अवधिमा कूल ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।विभागका अनुसार गत आर्थिक वर्ष १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँको डिजेल, ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको पेट्रोल र ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ खर्ब ४४ अर्ब ६२ करोड ८० लाख ७३ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि कति पर्छ डिजेल र पेट्रोलको मूल्य ?
भारतबाट युरोपतर्फ डिजेलको आपूर्ति ९० प्रतिशतले घट्यो
डिजेल आयात घट्यो
पेट्रोल र डिजेलको मूल्य १ रुपैयाँले घट्यो
डिजेल र मट्टितेलको घट्यो, पेट्रोलको यथावत्
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो