काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
उक्त बिलको सार्वजनिक बोलकबोलमार्फत सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलको ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र १५ प्रतिशत बिना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिन बिलका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै