काठमाडौं । ललितपुरको बालकुमारी, खरिबोटमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक युवती घाइते छिन् ।
ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालक २३ वर्षीया रेखा मगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन घर भएकी रेखा ललितपुरकै झम्सीखेलमा बस्दै आएकी थिइन् ।
घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुरकै धोबीघाट बस्ने २३ वर्षीया सकुन्तला घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब सवा ३ बजे ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४५प १३४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको जीपले ठक्कर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
बाटोमा चिप्लिएर काभ्रेमा २ जनाको मृत्यु
बेइजिङमा भीषण वर्षा र बाढी : ३० जनाको मृत्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु
चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु