काठमाडौं । ललितपुरको बालकुमारी, खरिबोटमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक युवती घाइते छिन् ।
ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालक २३ वर्षीया रेखा मगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन घर भएकी रेखा ललितपुरकै झम्सीखेलमा बस्दै आएकी थिइन् ।
घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुरकै धोबीघाट बस्ने २३ वर्षीया सकुन्तला घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब सवा ३ बजे ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४५प १३४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको जीपले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु