झापाका तीन किशोरीले चिया बगानको एक रुखमा गरे सामूहिक आत्महत्या

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १२ : ०५
झापाका तीन किशोरीले चिया बगानको एक रुखमा गरे सामूहिक आत्महत्या

झापा । झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरेका छन्। उनीहरूले एउटै रूखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

जिल्लाकाे कचनकवल गाउँपालिका वडा- ५ पाठामारीका ती किशोरी पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका प्रहरीले जनाएको छ।

आत्महत्या गर्नेमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन्। उनीहरू आइतबार बिहान ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए।

घटनाको सूचना पाएलगत्तै प्रहरी टोली पाठामारी पुगेर अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले किशोरीहरूले आत्महत्या गरेको विषयमा सोधपुछ तथा अन्य अनुसन्धानकाे काम भइरहेको जानकारी दिए।

गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेर ती किशोरीले आत्महत्या गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस