काठमाडौँ । भारतमा काेराेना भाइरस संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा काेराेनाका कारण २१ हजार ८८० संक्रमित भएका छन्।
योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा काेराेनाबाट ६० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म काेराेनाबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना काेराेनाका सक्रीय संक्रमित छन्। कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रीय संक्रमित छन्। मन्त्रालयका अनुसार काेराेना निको दर ९८ दशमलब ४६ प्रतिशत छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, ०७ : ४८
लेखकबाट थप