काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् ।
शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए ।
‘तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ’ उनले भने, ‘…हिजोबाट हमीले नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्यौं ।’
उनले नागरिकताको समस्याबाट पीडित नागरिकलाई बधाई पनि दिए । ‘माओवादी केन्द्रले हिजो जे प्रतिवद्धता गरेको थियो, त्यसलाई पूरा गरको छ ।’
प्रतिनिधिसभाले शुक्रबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै जन्मका आधारमा नेपाली नागरिकता पाउने नेपालीको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुलेको छ ।
त्यस्तै बाबुको पहिचान नखुलेका नेपाली नागरिकले पनि आमाको नामबाट नागरिकता पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’