युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, ०७ : ३२
युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा

काठमाडौं। युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । 

२५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए । सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस