सार्वजनिक यातायात व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, २१ : ३८
सार्वजनिक यातायात व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभामा उत्पति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । 

सो विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सहरी क्षेत्रका सार्वजनिक यातायात र काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री,  विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउने उद्देश्यका साथ सरकारले विधेयक पेश गरिएको बताए । प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन ६ गते अपराह्न १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस