राजनीती

बाम एकता कम्युनिष्ट साशनको लागि होईन : प्रचण्ड

सोमबार, १३ कार्तिक २०७४, १९ : ०१
बाम एकता कम्युनिष्ट साशनको लागि होईन : प्रचण्ड

चितवन । समृद्ध नेपाल निमार्णको लागि चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्न लागेको नेकपा माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले बताउनु भएको छ । चितवन मार्फत राष्ट्रको नेतृत्व लिन आफु तयार रहेको भन्दै प्रचण्डले रोल्पा , काडमाडौ ,सिरहा पछि चितवनबाट उम्मेदवारी घोषणा गरेको बताउनु भयो ।

स्थिर सरकारले मात्र देश विकास गर्न सक्ने भन्दै त्यसका लागि बामगठबन्धनको जन्म भएको समेत प्रष्ट पार्नु भयो । नेपालमा ७ दशक यता कुनै पनि स्थिर सरकार नबनेको स्मरण गर्दै उहाले विचार मिल्ने पार्टीहरु बिच एकता हुन पर्नेमा जोड दिनु भयो । नेपाली जनता ठुलो आर्थिक क्रान्तिको पखाईमा छन । उहाले भन्नुभयो– बाम गठबन्ध जस्तै बिचार मिल्नेहरु बिच एकता हुन आवश्यक छ ।

बाम एकताले देशमा कम्युनिष्ट साशन आउने हल्ला आई रहेको छ तर त्यसो नभई देशको आर्थिक विकासलाई गति दिन बाम एकता भएको जिकिर गर्नु भयो । लोकतन्त्रको आधारभूत मान्यता अनुसार नेकपा एमाले र माओवादी केन्द« बिच बाम एकता भएको उल्लेख गर्नु हुदै उहाले समाजबादको आधार निमार्ण गर्न सबैले संकल्प गर्न आवश्यक रहेको बताउनु भयो । सरस्वती माध्यमिक विद्यालय मेघौली जितपुरको स्र्वण जयन्तीको समापन गर्न गृह जिल्ला चितवन आई पुग्नु भएका प्रचण्डले चितवन हुदै देशको नेतृत्व समाल्न चाहेको बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले विद्यालयमा निमार्ण भएको स्वर्ण स्तम्भको अनावरण समेत गर्नु भयो । विद्यालयले स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई स्थापनाकाल देखि सहयोग पु¥याउने ४० जनालाई सम्मान गरिएको थियो । वि.स. २०२२ सालमा स्थापना भएको विद्यालय स्थानिय पुर्ण बहादुर कुमालको पहलमा स्थापना भएको हो ।सो अवसरमा बोल्दै उहाले रामपुर देखि चनौलीसम्मको बाटो काम तत्काल सुरु गर्न पहल गर्ने जानकारी दिनु भयो । त्यसतै गोलाघाटको पुलको काम पनि प्राविधि पक्ष मिल्न साथ निरन्तरता पाउने बताउनु भयो ।

मेघौलीलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा विकास सम्भव रहेको उल्लेख गर्नु भयो । अहिले केहि राम्रा होटलहरु पनि संचालनमा छन् अब व्यावस्थित ढङबाट यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउनु पर्नेमा जोड दिनुभयो । त्यसका लागि आफुले पहल सुरु गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस