काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ पाँचमाने स्थित सडकको भितामाथि रहेको ठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे– बेंसीशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध