काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।
तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य बुधबार ९३ हजार ५ सय रुपैयाँ थियो ।चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, ११ : १४
लेखकबाट थप