काठमाडौँ । भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदै छ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट हुँदै छ । औपचारिकताका रूपमा हेरिएको राष्ट्रपति निर्वाचनको मतगणना आज ११ बजे सुरु हुनेछ ।
निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट आदिवासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा छन् । मर्मुको निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ ।
भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजा घोषणा भएपछि बधाई दिने बताइएको छ ।
मुर्मुको गृहनगर ओडिसास्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १० : ३९
लेखकबाट थप