एन्फा कार्यसमिति बैठक जारी

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १० : ३५
एन्फा कार्यसमिति बैठक जारी

 

काठमाडौँ  । पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रोपटक आज कार्यसमिति बैठक सुरु भएको छ ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाए पनि ढिला गरी साढे ८ मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो । 

बैठकमा विविधसहित १२ बुँदामा एजेण्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।

पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका पंकज आज निकै दबाबमा पर्न सक्छन् ।तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ ।  

प्रतिक्रिया दिनुहोस